Logo

अर्थनीति

संयमित प्रकाशशरण महतले खोले प्रचण्डविरुद्ध फायरः अनुचित दबाब दिएको खुलासा


gdpnepal
   २९ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । पूर्व अर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मौनता तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफूमाथि गरेको टिप्पणीको प्रतिवाद गरेका छन् ।

आफूले दोस्रो चरणको आर्थिक सुधारका काम गरेको र त्यसमा गर्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीका आरोप कपोलकल्पित रहेको उनको भनाइ छ ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै डा. महतले आफूले प्राथमिकताका आधारमा बजेट विनियोजन गरेको र उत्ताउलोपना प्रदर्शन गर्न रोकेको भन्दै मुलुकले धान्ने बजेटमात्र ल्याएको दावी गरे ।

बजेट अनुशासनमा आफू बसेको उल्लेख गर्दै प्रधानमन्त्रीका अनुचित दबाब आफूले अस्वीकार गरेको महतले बताए ।

आर्थिक सहयोगका लागि प्रधानमन्त्रीले धेरै नाउँ दिएको तर कांग्रेसले निकै कममात्र सिफारिस गरेको भन्दै उनले त्यसमा आफूले स्रोतको सीमितता देखाएर कार्यान्वयन नगरेको उनको भनाइ छ ।

सहिदको विषयमा पनि आफूहरुले असहमति जनाएको उल्लेख गर्दै मन्त्रिपरिषदमा केही छुटेको भनेर झुक्याइएको उनले बताए । यद्यपि, आफू नभएको मन्त्रिपरिषदबाट यो निर्णय गरिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले आफूसँग कुनै विमति नराखेको तर सरकार छाड्दा भने औषतमात्र उपलब्धि हासिल गरेको भनेर बहानाबाजी गरेको उनले बताए ।

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह