काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बीआरआई कार्यान्वयनमा प्रधानमन्त्री पुष्पकमल दाहालले नै अवरोध गरेको खुलासा गरेका छन् ।
“उहाँ (दाहाल)का कुरा सुन्दा त म नै प्रधानमन्त्री भएको जस्तो गरिरहनु भएको छ,” महतले भने, “चीन भ्रमणमा जाने उहाँ अनि सम्झौता नगरी फर्कने तर दोष मलाई दिने ?”
आफू सो भ्रमणमा सहभागी समेत नभएको स्मरण गर्दै आफैं परराष्ट्रमन्त्री हुँदा बीआरआईमा सहमति गरेको उनले स्मरण गरे ।
प्रतिक्रिया