Logo

मुख्य समाचार

विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालद्वारा नारायणकाजीको आलोचना, रविको प्रशंशा


gdpnepal
   ३० फाल्गुन २०८०, बुधबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत माग्दै प्रधानमन्त्रीले आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रशंशा गरेका छन् ।

हाल उपप्रधान तथा परराष्ट्रमन्त्री भएका श्रेष्ठ यसअघि गृहमन्त्री थिए भने लामिछाने हाल उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।

प्रधानमन्त्रीले सरकार पुनर्गठनसँगै मिटरब्याज पीडितहरुसँग सहमति भएको र आरति साहको परिवारलाई न्याय दिन सकारात्मक परिणाम देखिएको बताए ।

यी दुवै सहमति गृहमन्त्री लामिछानेले गरेका हुन् । यसअघि लामो समयदेखि दुवै मुद्दामा सहमति नगर्ने नारायणकाजी श्रेष्ठलाई लाक्षणिक रुपमा उनले प्रहार गरे ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह