Logo

बिजनेस होम

नेपाल बिजनेश एसोसियसन कतारको प्रमुख सल्लाहकारमा प्रवीण गुरूङ नियुक्त


gdpnepal
   ३० फाल्गुन २०८०, बुधबार


दोहा । नेपाल बिजनेश एसोसियसन कतारको प्रमुख सल्लाहकारमा युवा उद्यमी प्रविण गुरूङ नियुक्त भएका छन् । नेपाल व्यवसायी संघको प्रमुख संरक्षकमा कतारस्थित नेपाली राजदूतावासका राजदूत डा. नरेश विक्रम ढकाल र प्रमुख सल्लाहकारमा गैरआवासीय नेपाली संघका उपमहासचिव एवं कतारका सफल व्यवसायी गुरुङ्ग मनोनित भएका छन् ।

गुरूङ यसअघि एक कार्यकाल संघको सल्लाहकार रहिसकेका छन् ।

गुरूङ करिब २ दशकदेखि कतारमा रहेर विभिन्न व्यवसाय सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । अहिले नियुक्त सल्लाहकारको अवधि आगामी ४ वर्ष अर्थात् सन् २०२८ सम्मको हुनेछ ।

संघको २०२४–२८ कार्यकालका लागि नव निर्वाचित कार्यसमितिको दोस्रो पूर्ण बैठकबाट सोहि कार्यकालका लागि ढकालको संयोजकत्वमा संरक्षक समिति र गुरुङ्गको संयोजकत्वमा सरल्लाहकार समिति गठन गरिएको हो ।

संरक्षक समितिको सदस्यहरुमा डा। देव काजी डंगोल, बद्रि प्रसाद पाण्डे र समिर मास्के रहेका छन भने सल्लाहकार सदस्यहरुमा सागर नेपाल, प्रोफेसर मोहम्मद रमजान मिया ९कानुनी०, ई। अर्जुन भट्टराई, विकास प्रसाई, परशुराम दाहाल, धन बहादुर बलायर र होमनाथ शर्मा छन् ।

कतारलाई व्यवसायिक कर्मथलो बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यक्तित्वहरुलाई समेटेर संरक्षक तथा सल्लाहकार समिति गठन गरको संघले कतार सरकारमा रजिष्ट्रर भई मान्यता प्राप्त पहिलो र एक मात्र सामाजिक संस्थाका रुपमा आफूलाई स्थापित गरेको छ । ने

पाल सरकारसंग समेत एमओयू गरि आधिकारीकता प्राप्त गरेको संघले नेपालमा भएका विभिन्न दैविक प्रकोप लगायत विविध क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ भने विभिन्न व्यवसायीक परियोजना सहित दिर्घकालिन योजनाहरुलाई समेत तिव्रता दिएको संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईले जानकारी दिए ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह