काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार संसदबाट विश्वासको मत प्राप्त गरे पनि उनीमाथि संसदको विश्वास भने क्रमशः घट्दै गएको देखिन्छ ।
पुस २६, २०७९ मा उनी प्रधानमन्त्री बन्दा पक्षमा २६८ सांसद थिए भने विपक्षमा २ मात्र सांसदले मत दिएका थिए ।
यस्तै, दोस्रोपटक चैत ६, २०७९मा उनको पक्षमा १७२ र विपक्षमा ८९ सांसदले मत दिएका थिए ।
तेस्रोपटक बुधबार फागुन ३, २०८० मा भएको विश्वासको मतमा प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत प्राप्त भएको छ ।
एक मत भने तटस्थ रहेकाे छ । बुधबार २६८ सांसद उपस्थित थिए ।
प्रतिक्रिया