काठमाडौं । चालू आर्थिक वर्षको फागुन महिनामा साढे ६ अर्ब वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार फागुनमा १२ परियोजना स्वीकृत हुँदा ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबरका लगानी स्वीकृत भएको छ ।
फागुनसम्म २९ अर्ब १३ करोड लगानी स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ । फागुनसम्म २५३ वटा वैदेशिक लगानीका परियोजना दर्ता भएका छन् ।
फागुनमा ४७७ रोजगारी सिर्जना हुने तथा फागुनसम्म १३ हजार १६९ संख्यामा रोजगारी सिर्जना हुने विभागले जनाएको छ ।
प्रतिक्रिया