Logo

मुख्य समाचार

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण बनाइदिन निजी क्षेत्रद्वारा संयुक्त अपिल


gdpnepal
   १ चैत्र २०८०, बिहिबार


ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसस्थाले पाथीभरा मुकुम्लुङ केवलकार निर्माणको वातावरण बनाउन संयुक्त रूपमा अपिल गरेका छन् ।


ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ र निर्माण व्यवसायी संघले केवलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा इँटा थप्न सबै सम्बद्ध पक्षसँग संयुक्त रूपमा अपिल गरेका हुन् ।


अपिलमा पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर रहेको तथा सो शक्तिपिठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरूबाट समेत त्यहाँका धेरै सम्प्रदायका नागरिकहरू दर्शन तथा पूजाका लागि आउने गरेकोले यस क्षेत्रको विकासमा थप योगदान गर्नु पर्ने समय आएको उल्लेख छ ।


विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको छ । पाथीभरा मुकुम्लुङमा बर्सेनि करिब ३ लाखको सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन् । यो सङ्ख्यामा गुणात्मक वृद्धि गरेर ताप्लेजुङमा व्यावसायिक अवसरहरूको सिर्जना गर्नु अत्यन्तै जरुरी भएकाले केवलकार निर्माणलाई गति दिन पनि सरोकारवालाहरुलाई निजीक्षेत्रले आग्रह गरेका छन् ।


अर्बौ रुपैयाँको लगानीमा निर्माण हुने चरणमा रहेको पाथीभरा मुकुमलुङ केवलकारले ताप्लेजुङको आर्थिक विकासमा ठुलो योगदान दिने कुरामा दुई मत हुनै सक्दैन। यसबाट स्थानीय स्तरमा रोजगारी तथा स्वरोजगारीको सिर्जना गर्ने, जिल्लाको पर्यटन प्रवर्धनमा अझ फराकिलो आयाम थप हुने, थप नयाँ पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्धनमा सहयोगी हुने निश्चित रहेको तर्फ पनि निजी क्षेत्रले ध्यानाकर्षण गराएको छ ।

यस्ता गौरवको योजनामा सबै पक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्ति सुरक्षाको प्रत्याभूति सहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्ने आम निजी क्षेत्रको बुझाइ रहेको पनि अपिलमा उल्लेख गरिएको छ ।

प्रकाशित : १ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह