Logo

अर्थनीति

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन


GDP नेपाल
   २ चैत्र २०८०, शुक्रबार


काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुन तस्करी सम्बन्धी

जाँचबुझ आयोगको प्रतिवेदन बुझाएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले प्रतिवेदन बुझाउँदै कार्यान्वयनका विषयमा परामर्श समेत गरेका छन् ।

भेटमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर समेत सहभागी थिए । आयोगले बिहीबार मात्रै गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणमा मुछिएकाहरुलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह