Logo

मुख्य समाचार

सुन कान्डमा प्रधानमन्त्रीका सदावहार विश्वासपात्र महरा पक्राउ


gdpnepal
   ५ चैत्र २०८०, सोमबार


काठमाडौं । सुन तस्करी प्रकरणमा दोषी पाइइपछि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । पटकपट मन्त्री भएका महरा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालका लामो समयदेखि विश्वासपात्र हुन् ।

महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसअघि गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका महरामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार महरा आरोपित हुन् ।

साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह