पोखरा । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे अब प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री भएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा मनाङ्गेलाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि नेकपा एसमा रहेका सांसद मनाङेले स्वतन्त्र सांसदकै रुपमा रहने पत्र प्रदेशसभालाई पठाइसकेका छन् ।
पुनःगठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको छ ।
मनाङे अघिल्लो प्रदेशसभामा पनि मन्त्री भएका थिए ।
प्रतिक्रिया