Logo

मुख्य समाचार

रवि र गगन आमनेसामनेः गगन आफ्नै बुतामा, रविको भर स्वर्णिम र मनिषमाथि !


gdpnepal
   ५ चैत्र २०८०, सोमबार


काठमाडौं । गगन थापाले सोमबार संसदमा रवि लामिछानेविरुद्ध आगो ओकले । संयमित शैली र मर्यादित भाषामा थापाले लामिछानेविरुद्ध नैतिक प्रश्नमात्र गरेनन्, कानुनी रुपमा समेत उनलाई ‘अपराधी’ सावित गर्ने तथ्य र तर्क पेश गरे ।

कांग्रेसले रविको नियुक्तिमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ मागिरहेको छ । सोही कारण उसले यसअघि संसदको वेलसमेत घेराउ गरेको थियो ।

वेल घेराउ गर्र्दै सदन अवरोध गर्दा कांग्रेसले धेरै शुभचिन्तकको आलोचना सहनु परेको थियो । आलोचना गर्नेमा गगननिकट कार्यकर्ताको संख्या पनि उल्लेख्य थियो ।

गगनको सोमबारको सम्बोधनले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई मात्र नभै आफ्नै कार्यकर्तालाई पनि भरपुर जवाफ दिएको छ ।

राजनीतिक दलसम्बन्धी विधेयक जवर्जस्ती कार्यसूचीमा घुसाएर कांग्रेसलाई संसद अवरोध गर्न बाध्य पार्ने र त्यसबाट कांग्रेसलाई बदनाम गराउने नेकपा एमालेको डिजाइनमा सभामुख देवराज घिमिरेसमेतको नियत र नियतिविरुद्ध गगनले सोमबार आफ्नै स्थानबाट उठेर गरेको सम्बोधन पर्याप्त रह्यो ।

सहकारी ठगीमा जीवी राई मूल पात्र हुन् भने रवि लामिछाने सहायक पात्रमात्र हुन् । अहिलेसम्म सार्वजनिक भएका सबै प्रमाणका आधारमा रवि दोषी हुन् भन्नेमा सन्देह छैन । निश्चय पनि उनीमाथि छानबीन जरुरी छ ।

सूर्यदर्शन सहकारीको ठगीमा संलग्न रहेका व्यक्ति मुलुकको उपप्रधान र गृहमन्त्री नियुक्त हुनु आफैंमा अस्वाभाविक मात्र नभै प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ । उनले कुन नैतिकताका आधारमा सहकारी ठगीको छानबीन गराउन सक्छन् भन्ने कांग्रेसको प्रश्नलाई सोमबार गगनले विस्तृत रुपमा बुझाउने प्रयास गरे ।

विश्लेषकहरु यसलाई गगन र रवि आमनेसामने भएको टिप्पणी गर्छन् । यसअघि सत्तापक्ष रहँदा पनि गगनले यसैगरी सहकारी ठगीमा लामिछानेको नाम नलिइ छानबीनको माग गरेका थिए ।

सोमबार भने लामिछानेमाथि नैतिक र कानुनी रुपमा गृह मन्त्रालय सम्हाल्ने अधिकार नभएको उनको जिकिर देखिन्थ्यो ।

गगनले आफ्नै पार्टीका सांसदहरु संलग्न भएको भनिएको टेरामक्सदेखि बाँसबारी कारखानासम्मको छानबीनमा जोडदार माग गरेर विरोधीहरुको मुख टाल्ने प्रयास पनि गरे । जसले उनको प्रस्तुतिलाई ओजपूर्ण बनाएका थियो ।

दुई दशकदेखि नेपाली राजनीतिमा चम्किरहेका गगनलाई पछिल्लो समय रविले चुनौती दिएको चर्चाबीच दुवैको तुलना हुन थालेको छ । विगतमा गगनको निकट रहेका स्वर्णिम वाग्ले र मनिष झालगायतको बलमा रवि गगनमाथि हावी हुन खोजिरहे पनि उनको विवादास्पद र आपराधिक पृष्ठभूमि नै उनीमाथि भारी भइरहेको छ ।

वाग्ले र झा यतिबेला रास्वपामा गगनविरुद्ध रविलाई ‘इनपुट’ दिने मुख्य पात्रका रुपमा रहेका छन् । सामाजिक सञ्जालमा पनि फेक आईडीधारी साइबर सेनाको परिचालनमा वाग्ले र झा नै अघि रहेको देखिन्छ ।
केही दिनअघि चिकित्सक रामेश कोइरालाले कुनै फेक आईडी स्वर्णिम वाग्ले स्वयमले सञ्चालन गर्ने गरेको आशंका गरेका थिए भने कांग्रेसमा रहँदा पनि योगेश भट्टराई र रवीन्द्र अधिकारीसँग लहसिएका झा थापाविरुद्ध उग्र रुपमा प्रस्तुत भइरहेका छन् ।

गगनको कार्यशैली र निकट टीमसँग परिचित वाग्ले र झा मार्फत रविले गगनका कमजोरी पत्ता लगाउने र त्यसमा आक्रमण गर्ने प्रयास गरिरहेको देखिन्छ । आफूलाई गगनको भित्री टिमको पत्रकार दावी गर्नेहरु समेत यसमा दुरुपयोग भइरहेको आशंका पनि छ ।

तर, गगन स्वयं अध्ययनशील र सधैँ बचेर काम गर्ने भएकाले उनीमाथि आक्रमणका निमित्त बलियो हतियार उक्त समूहले फेला पार्न भने सकेको देखिँदैन ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह