Logo

अर्थनीति

नौ महिनामा ११ खर्ब ६७ अर्बको वस्तु आयात, साढे एक खर्बको निर्यात


GDP नेपाल
   ९ बैशाख २०८१, आइतबार


काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

गत वर्षको चैत महिनाको तुलनामा निर्यात घटेको हो । गत वर्षको सोहि अवधिमा १ खर्ब १८ अर्ब बढीको वस्तु निर्यात भएको थियो ।

त्यस्तै, सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको चैतमा १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, पछिल्लो ९ महिनामा नेपालको आयात निर्यात दुवै घटेको छ । तथ्यांक अनुसार नौ महिनामा ११ खर्ब ६७ अर्ब रूपैयाँको वस्तु आयात भएको छ । गत वर्षको यसै अवधिको तुलनामा आयात २.८४ प्रतिशतले घटेको छ । गत वर्षको नौ महिनामा १२ खर्ब एक अर्ब रूपैयाँको वस्तु आयात भएको थियो।

यस्तै, चालु वर्षको नौ महिनामा एक खर्ब ६१ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत वर्षको यसै अवधिमा एक खर्ब चार अर्ब ७९ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो।

चैत महिनामा मात्रै भएको निर्यात पनि गत वर्षको तुलनामा घटेको छ। २०७९ चैत महिनामा १३ अर्ब ४८ करोडको निर्यात भएको थियो। २०८० चैत महिनामा भने १३ अर्ब ३२ करोड रूपैयाँको निर्यात भएको छ।

यस अवधिसम्म १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको  छ । चालु आवको ९ महिनासम्मको वैदेशिक व्यापार भने गत आवको तुलनामा घटेको देखिन्छ । गत आवको सोहि अवधिको तुलनामा यो २.९२ प्रतिशत कम हो । गत आवको उक्त अवधिमा नेपालको वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड रहेको थियो ।

त्यस्तै यस अवधिमा व्यापार घाटा २.७५ प्रतिशतले घटेको छ। ९ महिनामा नेपालको ब्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा करिव १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।

 

 

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह