Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?


GDP नेपाल
   १२ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ३५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १६ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३२७ डलरमा र चाँदी प्रतिऔंस २७.४३ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : १२ बैशाख २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह