काठमाडौँ । एनएमबि बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । बैँकले १० हजार ७३२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १२० रुपैयाँ तोकिएको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको यस सेयरमा वैशाख २० गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया