काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले स्वीकृतिको लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ । एलआइसी नेपालले आर्थिक वर्ष २०७८/७९ मा पनि लाभांश वितरण गरेको थिएन ।
प्रतिक्रिया