Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंकको डिजिटल सेवा विस्तार, यस्ता छन् सुविधा


GDP नेपाल
   २० बैशाख २०८१, बिहिबार


काठमाडौँ । एनआईसी एशिया बैंकले डिजिटल सेवा विस्तारमा ध्यान दिइरहेको छ । देशका विभिन्न स्थानमा यस बैंकका ३६० वटा शाखा छन् भने ६७० वटा एटीएमबाट ग्राहकलाई सेवा दिइरहेको छ ।

करिव ४२ लाख ग्राहक संख्या रखेको यस बैंकले डिजिटल बैकिङ सेवामा पनि उत्तिकै फोकस गरेको छ । डिजिटल बैंकिङ सेवालाई पनि सहज बनाउन प्रयत्न गरिरहेको एनआईसी बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई आईसर्भ प्लेटफर्म मार्फत अघि बढाइरहेको छ । मोबाइल बैंकिङ्ग, कार्ड, टेलर र ग्राहक सम्बन्धी सेवाहरू दिइरहेको एनआईसीको मोबाइल बैंकिङभित्र नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिनरपासवर्ड रिसेट जस्ता सुविधाहरू छन् । ग्राहकसम्बन्धी सेवाहरू भित्र ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सिआरएन आवेदन र बचत योजना परिवर्तन गर्न सकिने फिचर रहेको बैंकले जानकारी दिएको छ ।

यस्तै, टेलर सेवाहरू भित्रः नगद तथा चेक डिपोजिट भौचर भर्ने सकिने र कार्डमा ई–कमर्स दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन साथै डेबिट कार्ड प्रतिस्थापन गर्न सकिने सुविधाहरू राखिएको छ । नेपालको बैंक क्षेत्रमा पहिलो पटक एनआईसी एशिया बैंकले ल्याएको आईसर्भ आफैमा नयाँ रहेको बैंकले बताएको छ । आगामी दिनमा सकेसम्म बढी डिजिटल सेवा दिएर डिजिटल फष्ट बैंक बन्ने बैंकको उद्देश्य हो । जुनसुकै स्थानबाट जुनै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई आईसर्भ मार्फत अघि बढाइरहेको छ ।

बैंकले भौतिक रूपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रूपमा उपभोग गर्न मिल्ने गरी आईसर्भ प्लेटफर्मको विकास गरेर एनआईसी मोबैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाइनमार्फत पनि प्रदान गरिरहेको छ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, आइसर्भ, वेवसाइट र इन्टरनेट बैंकिङ एनसीएलमा निःशुल्क चलाउन सकिने बैंकले बताएको छ । यस सुविधामार्फत एनसीएलका ग्राहकले डाटा प्रयोग गरी यस बैंकका बैंकिङ्ग एप, आइसर्भ, वेवसाइट र इन्टरनेट बैंकिङ जस्तासुविधाहरू निःशुल्क प्रयोग गर्न सक्ने बताइएको छ । बैंकले ल्याएको यस्ता नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त पार्ने बैंकले विश्वास लिएको छ । बैंकको ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्दै आएको बैंकको भनाइ छ ।

एनआईसी एशिया बैंक उत्कृष्ट बैंक बन्नुमा बैंकिङ्ग क्षेत्रमा एनआईसी एशिया बैंकले ल्याउने आक्रामक ग्राहक योजना छँदै छन् । नेपालमा सञ्चालनमा रहेका सबै बैंक तथा वित्तीय संस्था भन्दा अब्बल हुँदै गएको देखिएको छ । ३८ अर्ब १३ अर्ब रुपैयाँ बढी कुल निक्षेप रहेको यस बैंकको रहेको छ । जुन अन्य वाणिज्य बैंकको तुलनामा ४४ प्रतिशत बढी हो । ३० खर्ब २ अर्ब रुपैयाँ बढी रकम बजार कर्जा प्रवाह गरेको यस बैंकमा १३ खर्ब बढी कुल बचत तथा चल्ती निक्षेप रहेको छ । बैंकका अनुसार यो अन्य बैंकको अनुपातमा ४१ प्रतिशतले बढी हो ।

प्रकाशित : २० बैशाख २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह