Logo

बैंक / बिमा /शेयर

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न


GDP नेपाल
   २३ बैशाख २०८१, आइतबार


काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सद्वारा आयोजीत क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थियो । कार्यक्रममा प्रसाईले अभिकर्ताहरुको कामको उच्च सम्मान गर्दै आगामी दिनहरुमा पनि सोही उर्जालाई निरन्तरता दिन आग्रह गरे ।

यस्तै, इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरुलाई आफ्नो पेशामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सधै सहजीकरण गर्ने बताए ।

सो अवसरमा इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले स्वागत मन्तब्य राख्दै जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि भएको बताउँदै आफ्नो पेशामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखि कार्य गर्न प्रोत्साहन गरे ।

कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्ताहरुलाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा विक्रीकला सम्बन्धी तालिम प्रदान गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार तथा कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलको सहभागीहरुमा रोचक ढंगले उत्प्रेरणात्मक प्रस्तुती राखेका थिए । उनले जीवन बीमाले सबैको जीवनमा निश्चिन्तता प्रदान गर्नेमा विश्वस्तता व्यक्त गरे ।

प्रकाशित : २३ बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह