Logo

बैंक / बिमा /शेयर

सोल्टी होटलको नाफा ११ प्रतिशत बढ्यो


GDP नेपाल
   २८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । सोल्टी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा सोल्टीको नाफ ११.०८ प्रतिशतले बढेको हो ।

गत वर्ष होटलले ३७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, व्यवसायबाट कुल १ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनामा यो १.३८ प्रतिशतले धेरै हो । गत वर्ष होटलले एकअर्ब ५ करोड करोड रुपैयाँ आम्दानी गरेको थियो ।

होटलको सञ्चालन आम्दानी बढेर ५१ करोड २७ लाख रुपैयाँमा भएको छ । होटलको चुक्ता पुँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ३५ करोड रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी थोरै बढेर ४ रुपैयाँ ४४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा रहेको छ ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह