काठमाडौँ । घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६४ करोड २५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
गत वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ३ अर्ब १३ करोडबाट घटेर ३ अर्ब ८ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । बिक्री लागत भने गत वर्षको भन्दा १३.०२ प्रतिशतले बढेको छ ।
४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको घोराहीको रिटेन्ड अर्नीङमा २ करोड ७६ करोड रुपैयाँ जम्मा रहेको छ । सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ देखिएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ भने २२० रुपैयाँ ५५ पैसा रहेको छ ।
प्रतिक्रिया