माछापुच्छ्रे बैंकले ‘न्यू स्मार्ट तलब खाता’ अन्तर्गत दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।
वीरगन्जको आदर्शनगरस्थित बैंकको शाखामा खाता रहेका ग्राहक लालबाबुप्रसाद यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपश्चात उनको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
उनकी श्रीमती शोभा यादवले गरेको दाबीअनुसार २०८१ वैशाख ३० गते १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
बैंकका चीफ बिजनेस अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दुशेखर देवकोटा, आदर्शनगर शाखाका प्रमुख सुशील थपलियाले शोभालाई उक्त चेक हस्तान्तरण गरेका हुन्।
बैंकले न्यू स्मार्ट तलब खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाखसम्म अस्पताल भर्ना एवं औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया