Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंक र एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने


GDP नेपाल
   १ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । एनआईसी एशिया बैंक र एनआईसी एशिया क्यापिटलमा अब निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । उक्त ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानमार्फत देशको दुरदराजमा बसोबास गर्ने नेपालीहरूमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मूख्य उद्देश्यले एनआईसी एशिया बैंक र एनआईसी एशिया क्यापिटलले उक्त योजना ल्याएको हो ।

एनआईसी एशिया क्यापिटल, क्यापिटलको शाखा कार्यालयहरू, एनआईसी एशिया अनलाइन डिम्याट सेवा र एन आई सी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट जेठ १ गते देखि असार मसान्तसम्म निःशुल्क रूपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्कमा छुट प्राप्त गर्न सकिनेछ । एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी एनआईसी एशिया बैङ्कको सम्पूर्ण शाखा कार्यालयहरूबाट निक्षेप सदस्य अन्तर्गतका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरूलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरूलाई क्यापिटलको सेवा ‘लाइनमा होइन अनलाइन’मा भन्ने नारासहित क्यापिटलको अधिकांश सेवाहरू अनलाइनमार्फत लिन मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । क्यापिटलको वेभसाइटमार्फत सहजै निःशुल्क रूपमा डिम्याट खाता खोल्न सकिनेछ ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह