Logo

बैंक / बिमा /शेयर

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ३० करोड ४८ लाख


GDP नेपाल
   १ जेष्ठ २०८१, मंगलबार


काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको नाफा ९२.९४ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको यसै अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको महाविपत्ती कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेण्ड अर्निङ्गमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको छ ।

यस अवधिमा कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११८.९३ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष कम्पनीले १ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ भने ४ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९.७१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको छ ।

 

प्रकाशित : १ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह