Logo

बैंक / बिमा /शेयर

नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच सूचना आदानप्रदानको सम्झौता


GDP नेपाल
   १ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल केसी र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ । यस सम्झौताले वाणिज्य बैंक, बीमा क्षेत्रलगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह