Logo

बैंक / बिमा /शेयर

५० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक


GDP नेपाल
   ३ जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुपियाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलताको व्यवस्थापन गर्न बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको हो ।

आज दिउँसो ३ बजेसम्म इच्छुक बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

यस्तै, साँवा र ब्याज भुक्तानी जेठ १७ गते निर्धारण भएको छ ।

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

प्रकाशित : ३ जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह