काठमाडौं । लगानी बोर्ड नेपालको बैठकले फिलिपिन्सको ग्रीनर्जी सोलुसनलाई ५५० मेगावाटको सौर्य ऊर्जा (सोलार) उत्पादनका लागि अध्ययन अनुमति दिएको छ । ग्रीनर्जीले यससहित तीन परियोजनाको अध्ययनका लागि अनुमति पाएको छ ।
प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार साँझ बसेको ३८ औं बैठकले यससम्बन्धी निर्णय गरेको हो । कम्पनीले सातवटै प्रदेशमा सोलार आयोजना निर्माण गर्ने गरी लगानी बोर्डले प्रस्ताव बोर्डमा प्रस्ताव गरेको थियो । बोर्डका अनुसार परियोजनाको अनुमानित लागत ४८ अर्ब २४ करोड रहेको छ ।
कम्पनीले प्रदेश–१ को सुनसरीमा १ सय मेगावाट, प्रदेश–२ को सर्लाहीमा १ सय, प्रदेश–३ को चितवनमा १ सय, प्रदेश–४ को तनहुँमा ५०, प्रदेश–५ को नवलपरासीमा ५०, प्रदेश–६ को जुम्लामा १ सय र प्रदेश–७ को दिपायलमा ५० मेगावाटको सोलार आयोजना निर्माण गर्ने लक्ष्य छ ।
यस्तै, बोर्डल फ्लास फ्रेट लजिस्टिक कम्पनीलाई वीरगञ्ज र भैरहवामा प्राइभेट फ्रेट टर्निमल एण्ड बल्क ह्याण्डलिङ निर्माण परियोजनाको सम्भाव्यता अध्ययन गर्न पनि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । यसको लागत ६ अर्ब ५१ करोड रहेको छ ।
यस्तै, लुम्बिनीमा वल्र्ड बुद्धिष्ट एक्सिजिसन पार्क निर्माण तथा सञ्चालनका लागि प्रस्ताव कम्पनी शिल्क रोड इन्टरनेशनल होल्डिङ कम्पनीलाई अनुमति दिने निर्णय गरेको छ ।
प्रतिक्रिया