Logo

बैंक / बिमा /शेयर

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमा


GDP नेपाल
   ६ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडको ६१ हजार ८०५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त सेयरको मूल्य मूल्य २ सय ९४ रुपियाँ निर्धारण गरिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले जेठ १३ गतेसम्म न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

प्रकाशित : ६ जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह