Logo

अर्थनीति

दश महिनामा ११ खर्ब ७७ अर्ब व्यापारघाटा


gdpnepal
   ७ जेष्ठ २०८१, सोमबार


काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापारघाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ रहेको छ । व्यापारघाटामा पनि अघिल्लो आवको तुलनामा २.२६ प्रतिशतले कमी आएको तथ्यांक छ ।

भन्सार विभागका अनुसार वैशाखसम्म मुलुकबाट १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँमा सीमित रहेको छ । चालू आवमा निर्यात ३.६१ प्रतिशतले गिरावट आएको हो ।

वैदेशिक व्यापारका समग्र सूचकांकहरुमा गिरावट देखिएको विभागले जनाएको छ । विभागका अनुसार वैशाखसम्म आयात २.३९ प्रतिशतले घटेर १३ खर्ब ३ अर्ब ३५ करोडमा सीमित रहेको छ ।

कूल वैदेशिक व्यापारमा पनि २.५ प्रतिशतशको गिरावट आई १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ ।

वैशाखसम्म २ खर्ब ३७ अर्ब ९ करोडको पेट्रोलियम पदार्थ आयात भएको तथ्यांक छ । जसमध्ये १ खर्ब १५ अर्ब ६७ करोडको डिजेल, ५६ अर्ब ८० करोडको पेट्रोल, ४६ अर्बको एलपी ग्यास, १७ अर्ब ५८ करोडको हवाई इन्धन र १ अर्ब ३ करोडको मटीतेल आयात भएको छ ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह