Logo

बैंक / बिमा /शेयर

बैंकिङ प्रणालीबाट थप ३५ अर्ब तान्दै राष्ट्र बैंक


GDP नेपाल
   १० जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट शुक्रबार एकैपटक ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रिय बैंकका अनुसार शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति जेठ २५ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

प्रकाशित : १० जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह