काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समिति बैठकले १००:१५ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी साधारण सभामा पेश हुनेछ । सभाबाट पारित भएपछि थप प्रकृया अघि बढ्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया