Logo

बैंक / बिमा /शेयर

आगामी बजेटमा शेयर लगानीकर्ता संघको २ बुँदे संयुक्त माग


GDP नेपाल
   १३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटका लागि सेयर लगानीकर्ताहरुले २ बुँदे माग राखेका छन् । शनिबार ८ वटा लगानीकर्ता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै २ बुँदे माग राखेका हुन् ।

आयकर ऐनको दफा ९५ क (२)(क)मा रहेको नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधिको स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ७.५ प्रतिशत अग्रिम कर असूल गर्नुपर्नेछ भन्ने व्यवस्था संशोधनको माग लगानीकर्ताहरुले राखेका छन्। अग्रिम कर नभई उक्त कर अन्तिम कर कट्टी हुने कानुनी व्यवस्था गर्नुपर्ने र यसअनुसार आयकर ऐनको अनुसूचीसमेत संशोधन हुनुपर्ने माग उनीहरुको छ। यसले व्यक्तिगत तवरबाट हुने धितोपत्र कारोबारलाई प्रोत्साहित गर्न तथा कर कट्टी र अभिलेखीकरण कार्यलाई सरल बनाउन सहयोग पुग्ने उनीहरुको ठम्याइ छ।

यसैगरी आयकर ऐनको दफा ९५ क(२)(क)मै प्रकृतिक व्यक्तिका हकमा ३६५ दिन वा सोभन्दा बढी अवधि शेयर स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत हुनुपर्ने र ३६५ दिनभन्दा वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितमा लाभ रकमको ७.५ प्रतिशत अग्रिक कर असुली गनुपर्नेमा व्यवस्थामा परिमार्जन उनीहरुको लगानीकर्ताहरुको माग छ। त्यसलाई परिमार्जन गर्दै क्रमशः ५ प्रतिशत र ३ प्रतिशतमा पुँजीगत लाभकर कायम हुनुपर्ने माग लगानीकर्ताहरुले गरेका छन्। यसले लगानीकर्ताको मनोबल उच्च रहने हुनाले कारोबार रकम बढ्न गई सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा बढोत्तरी हुने विश्वास लगानीकर्ताको छ।

उक्त विज्ञप्तिमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल, पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले हस्ताक्षर गरेका छन् । त्यस्तै, जनरल इन्भेष्टर्स एसोसिएसनका अध्यक्ष दीका कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष सुशील लुनिया, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जीसीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित : १३ जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह