Logo

कर्पोरेट-बजार

सिरोहियाको पक्राउ अस्वाभाविक: समुद्रपार निकासी पैठारी संघ


GDP नेपाल
   १२ जेष्ठ २०८१, शनिबार


काठमाडौं। नागरिकता प्रकरणमा सञ्चार उद्यमी कैलाश सिरोहियालाई प्रहरीले गिरफ्तार गरेको घटनालाई नेपाल समुद्रपार निकासी पैठारी संघले अस्वाभाविक भएको बताएको छ ।

गैरकानूनी काम गरेको प्रमाणित भएमा मात्र सजाय भोग्नुपर्नेमा सिरोहियाको हकमा त्यो लागू नभएको संघले बताएको छ ।

‘भागेर कतै जाने सम्भावना नरहेको र प्रमाण नष्ट गर्न सक्ने अवस्थामा नभएका व्यवसायीलाई उजुरीकै भरमा पक्राउ गर्नुभन्दा अग्रिम जमानत लिएर अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने हाम्रो धारणा छ,’ संघले भनेको छ । उजुरी पर्नेबित्तिकै पक्राउ गर्नुको सट्टा परिस्थितिको सूक्ष्म मूल्यांकन गर्नुपर्ने, पक्राउ नगरेरै आरोपितका कुरा सुन्नुपर्ने र गहिरो अनुसन्धानपछि पक्राउ नगरी नहुने अवस्था आए मात्र यस्तो कदम चाल्नुपर्ने माग संघको छ ।

‘थुनेपछि मात्रै सुन्ने चलनले अदालती सुनुवाइबाट व्यक्ति निर्दोष सावित हुँदा पनि समाजमा कलंकित हुनुपर्ने अवस्था छ ।

अर्थतन्त्र शिथिलताको अवस्थाबाट गुज्रिरहेको बेला उद्यमी, व्यवसायीलाई पक्राउ र उसको मानमर्दन गर्दा व्यवसाय र लगानीको वातावरण अझै बिग्रनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

देशका सबै तहका व्यवसायीले सरकारबाट प्रोत्साहन खोजिरहेको बेला पक्राउ होइन, अभिभावकत्व प्रदान गर्नुपर्ने संघको भनाइ छ ।

प्रकाशित : १२ जेष्ठ २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह