काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासन प्रस्ताव पारित गर्न जेठ ३० गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्याल, पानीपोखरी, काठमाडौंमा बिहान १० बजे बस्नेछ ।
सभा प्रयोजनका लागि जेठ २३ गते बुक क्लोज हुने भएकाले जेठ २२ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिन पाउनेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया