काठमाडौँ । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्षका लागि उक्त आकारको बजेट छुट्याइएको जानकारी दिएका हुन् ।
चालु आर्थिक वर्षको तुलनामा आगामी बजेट ६.२ प्रतिशतले धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
प्रतिक्रिया