Logo

कर्पोरेट-बजार

स्वदेशी उद्योगलाई मारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा विद्युत प्राधिकरण: परिसंघ


GDP नेपाल
   १८ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ । नेपाल उद्योग परिसंघले स्वदेशी उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको बताउँदै परिसंघले स्वदेशी उद्योगहरुलाई मारेर विद्युत निर्यात गर्ने परिसंघको निर्णय चिन्ताजनक भएको बताएको हो ।

परिसंघ एक विज्ञप्ति जारी गर्दै भनेको छ,”सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं ।”

प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको आरोप लगाएँदै परिसंघले भनेको छ,” हामीले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएका थियौं । तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै गरेन । जसको मारमा उद्योगहरु विगत तीन महिनाअघि देखि पर्दै आएका छन् । अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ ।”

यस्तै, प्राधिकरणसमक्ष स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग गर्न समेत परिसंघले आग्रह गरेको छ । साथै, स्वेदेशी उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघले जोडदार माग गरेको छ ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह