Logo

बैंक / बिमा /शेयर

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ बाट सम्मानित


GDP नेपाल
   १८ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ । कुमारी बैंक लिमिटेडले “इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४” मा “प्रोसेस इन्नोभेसन” श्रेणीको स्वर्ण विजेता भएको छ ।

इन्फोसिसद्वारा आयोजित अर्वाड वितरण समारोहमा १० विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक “कोर बैंकिङ ट्रान्सफरमेशन” विधा तर्फ उत्कृष्ट रहेकोले उक्त उपलब्धिको लागि “प्रोसेस इन्नोभेसन” श्रेणीमा स्वर्ण विजेता घोषित भएको हो ।

इन्फोसिसको कोर बैंकिङले सफ्टवेयर बैंकिङ्ग क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ । बैंकले प्राप्त गरेको यो उपधिले भविस्यमा नवीन प्रविधिमार्फत बैंकिङ्ग क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप गर्न प्रतिबद्ध रहको बैंकले जनाएको छ ।

बैंकले हाल देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह