काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ ।
इन्स्योरेन्सले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा इन्स्योरेन्सका अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ । सेयरको भाउ भने तोकिएको छैन।
इन्स्योरेन्सका अनुसार तोकिएकै समयकम यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने जनाएको छ ।
प्रतिक्रिया