Logo

कर्पोरेट-बजार

नेपाली मुद्रण उद्योगी व्यवसायीको अरबौ लगानी धरापमा: मुद्रण उद्योग महासंघ


GDP नेपाल
   २२ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । नेपाल मुद्रण उद्योग महासंघले सरकारसमक्ष उद्योगमैत्री भन्सार नीति लागु गर्न माग गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले सरकारले मुद्रण उद्योग व्यवसाय नै धरासायी हुने गरि गलत भन्सार निति ल्याएको आरोप लगाउँदै तत्काल नीति परिवर्तन गर्न माग गरेको हो । 

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेटले नेपाली मुद्रण उद्योगी व्यवसायीको अरबौको लगानी धरापमा परेको जनाउँदै महासंघले भनेको छ,” सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थको भन्सार दर थप ५ प्रतिशतले वृद्वी गरी १५ बाट २० प्रतिशत पुर्‍याएको छ भने त्यसमा १३ प्रतिशत भ्याट लगाउँदा ३३ प्रतिशत हुन पुगेको छ । तर विदेशमा मुद्रीत भै आउने केही तयारी सामाग्रीहरुमा भन्सार शुल्क पूर्णतया फ्रि (आम माफी) गरेको र अधिकांश तयारी सामाग्रीहरुमा जम्मा ५प्रतिशत देखी १०प्रतिशत मात्र भन्सार शुल्क लगाउने तथा १३प्रतिशत भ्याट समेत छुट दिने घोषणा ले नेपाली मुद्रण उद्योगी व्यवसायीहरुले गरेको अर्वौको लगानी धरापमा परेको हुँदा नेपाल मुद्रण उद्योग महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।” 

महासंघले उद्यमशिलता विकास गरि देश भित्रै काम गरि खाने मुद्रण उद्योगी व्यवसायीहरुलाई राज्यले धोका दिएको बताउँदै सो कार्यप्रति दुःख व्यक्त गरको छ ।

यस्तै, अन्य देशमा तयारी वस्तु आयातमा बढी भन्सार लिने र उद्योगको विकास तथा प्रवर्द्धनका लागी कच्चा पदार्थमा कम भन्सार शुल्क लिने नीति रहेको जानकारी दिँदै महासंघले नेपाल सरकारले भने ठिक त्यसको उल्टो निति अवलम्बन गर्दै आईरहेको बताएको छ ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह