काठमाडौँ । श्री डिष्टिलरी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।
कम्पनीले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न असार ११ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । सोको लागि कम्पनीले आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया