Logo

मुख्य समाचार

दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा भारत गम्भीतापूर्वक लागेको छ: एस जयशंकर


GDP नेपाल
   २८ जेष्ठ २०८१, सोमबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका नवनियुक्त संघीय मन्त्री एस जय शंकरबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री एस जयशंकरले दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको बताएका छन् ।
सोमबार प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा भएको द्विपक्षीय भेटमा दुई देशबीचको आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको दाहाल सचिवालयले जनाएको छ ।

जय शंकरलाई बधाई दिँदै दाहालले आगामी दिनमा दुई देशबीच रहिआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

मन्त्री जय शंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएको दाहाल सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीका सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह