Logo

बैंक / बिमा /शेयर

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ


GDP नेपाल
   २८ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्यक्ष श्रेष्ठसहित सञ्चालक समिति सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो ।

कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा यसअघि तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह