Logo

मुख्य समाचार

गण्डकीमा केन्द्र गठबन्धन विरुद्धको कांग्रेस सरकारलाई विश्वासको मत


gdpnepal
   २८ जेष्ठ २०८१, सोमबार


पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सबै प्रदेशमा केन्द्र गठबन्धनकै अभ्यास हुँदै आए पनि गण्डकीमा क्रमभंग भएको छ ।

नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मतदान गरेसँगै उनले विश्वासको मत पाएका हुन् ।

उनले सोमबार मुख्यमन्त्री पाण्डेले संसदमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । उनीसँगै कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) गरी ३१ सांसदले पक्षमा मतदान गरका छन् । ६० सदस्यीय संसदमा बहुमत सांसदले मतदान गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् ।

 

एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मतदान गरेका छन् । माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।

देवकोटाले पाण्डेको पक्षमा मत दिएपछि विपक्षी सांसदले केहीबेर नारावाजी गरेका थिए । मुख्यमन्न्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा जेठ १६ मा नियुक्त भएका थिए ।

 

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह