Logo

बैंक / बिमा /शेयर

नेशनल लाईफ इन्स्योरेन्सको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न


GDP नेपाल
   २८ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सको नेशनल रत्न अवार्ड कार्यक्रम सम्पन्न भएको छ । होटल लेमन ट्रि प्रिमियरमा सम्पन्न सो कार्यक्रममा कम्पनीले बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका हुन् । खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गइरहने बताए ।

यस भन्दा अगाडी कोशी र मधेश प्रदेशका अभिकर्ताहरुर्ला सम्मान गरिसेकेको जानकारी दिँदै खत्रीले अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने जनाए ।

कार्यक्रममा, उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेल, प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, बागमती प्रदेश प्रमुख द्धय जयराम धिताल, घनश्याम रिमाल लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह