Logo

बैंक / बिमा /शेयर

१० महिनामा वाणिज्य बैंकहरुको नाफा ४८ अर्बभन्दा बढी, कुनको कति ?


GDP नेपाल
   ३० जेष्ठ २०८१, बुधबार


काठमाडौं । वाणिज्य बैंकहरुले १० महिनामा ४८ अर्ब खुद नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले चालु आवको वैशाख मसान्तसम्म ४८ अर्ब बढी खुद नाफा आर्जन गरेका हुन् ।

२० वटा वाणिय बैंकहरुमध्ये सबैभन्दा नाफा कमाउनेमा नबिल बैंक परेको छ । यस अवधिमा बैंकले ५ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड र तेस्रोमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यस अवधिमा सबैभन्दा कम नाफा गर्ने बैंकमा नेपाल बैंक रहेको छ । बैंकले वैशाख मसान्तसम्म ५९ करोड रुपैयाँ नाफा गरेको छ ।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह