Logo

बैंक / बिमा /शेयर

सेयर बजारमा ६ अंकको वृद्धि, ५ अर्ब ८९ करोडको कारोबार


GDP नेपाल
   ३० जेष्ठ २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ६.३७ अंकले बढेर दुई हजार १२१.६२ विन्दुमा पुगेको छ ।

बैंकिङ ९, विकास बैंक ४, फाइनान्स २३, जीवन बीमा १८, उत्पादन ४०, माइक्रोफाइनान्स ४१ र अन्य उपसमूह ५ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन ९, हाइड्रोपावर १६, निर्जीवन बीमा ५३ र व्यापार उपसमूह १० अंकले घटेको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनी र मीड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज समयत्रि हाइड्रोपावरको सेयर झण्डै साढे ४ प्रतिशतले घटेको छ ।

यस दिन ३१२ कम्पनीको एक करोड २९ लाख कित्ता सेयर ५ अर्ब ८९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह