Logo

कर्पोरेट-बजार

भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना: अध्यक्ष ढकाल


GDP नेपाल
   ३० जेष्ठ २०८१, बुधबार


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् ।

यही जुन ३ देखि स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको ११२ औ अन्तराष्टिय श्रम सम्मेलनमा रोजगारदाताको प्रतिनिधत्व गर्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

नेपालका रोजगारताहरु श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भैरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेको ढकाललको भनाइ थियो ।

यस्तै, उनले सामाजिक सुरक्षा लैगिंक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागि रोजगारदाताहरुलाई नेपालमा लगानी बढाउन पनि आग्रह गरे । भारतसंग १० हजार मेगावाट विद्युत खरिद सम्झौता भएको र बंगलादेशसंग पनि यसबारे छलफल भैरहेको जानकारी दिँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह अनुरोध गरे ।

यसैगरि भारत र चीन जस्ता धेरै जनसंख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका हिलस्टेसनहरुमा पर्यटकीय पुर्वाधार विस्तारको सम्भावना रहेको उनले जानकारी दिए ।

सूचना प्रविधि कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरु पनि नेपालको लाभका क्षेत्र रहेको उल्लेख गर्दे ढकालले लगानी सहजीकरणका लागि सरकारले द्धिपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउन नीति अंगिकार गर्ने सरकारको योजना रहेको पनि सम्मेलनका सहभागिलाई जानकारी गराए ।

सम्मेलनका क्रममा अध्यक्ष ढकालले अन्तराष्टिय श्रम संगठन (आइएलओ) र रोजगारदाताहरुको अन्तराष्टिय संगठन (आइओइ) का उच्च पदस्थ अधिकारीहरुसंग पनि भेटवार्ता गरेका थियो ।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह