काठमाडौँ । माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनी, जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असार २ गतेभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया