Logo

कर्पोरेट-बजार

चेम्बर स्टार्टअप समितिको सभापतिमा पंकज जालान चयन


GDP नेपाल
   ३ असार २०८१, आइतबार


काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष पंकज जालान नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन भएका छन् । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले फाउण्डेसनका अध्यक्ष जालानलाई उद्यमशीलता एवं नवप्रवर्द्धन हेर्ने गरी स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन गरेका हुन् ।

जालान चेम्बर अफ कमर्सको कार्यकारी सदस्य समेत छन् । लर्डबुद्ध एजुकेशन फाउन्डेसनले सूचना प्रविधिको विकास मार्फत युवा उद्यमशीलता प्रवर्द्धन गर्दै आएको छ । सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउन्डेसनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार समेत गर्दै आएको छ ।

स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउन्डेसनले विभिन्न क्षेत्रमा पनि रोजगारी समेत उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : ३ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह