Logo

मुख्य समाचार

बजेट माओवादी केन्द्रका ३२ सांसदका लागि मात्र हो: अमरेशकुमार


GDP नेपाल
   ३ असार २०८१, आइतबार


काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले यसपालीको संघीय सरकारको बजेट माओवादी पार्टीको ३२ जना सांसदको लागि मात्र बनेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले मन्त्री र प्रधानमन्त्रीले बजेट आफ्नो क्षेत्रमा जति लगेपनि जे गरेपनि छुट भएको भन्दै यसपालीको बजेट २७५ जना सांसदको हो भन्नु एउटा सपना मात्र भएको बताए ।

उनले भने, ‘नियम कानून मन्त्रीलाई लाग्दैँन् । संविधान लेख्दा एउटा कुरा लेख्न बिर्सिएछ– मन्त्री र प्रधानमन्त्री संविधानभन्दा माथि हुन्छ । उहाँलाई कुनै कानून नियमले छुँदैन । उहाँले जति बजेट बनाइ दिएपनि, आफ्नो क्षेत्रमा लगेपनि, जे गरेपनि, जति घुस खाएपनि छुट छ । यसपालीको बजेट केही व्यापारीले बनाएका हुन् । बजेट माओवादी पार्टीको ३२ जना सांसदको लागि मात्र बनेको हो । २७५ जना सांसदका लागि बजेट हो जसले भन्छ त्यो एउटा सपना मात्र हो ।’

यस्तै, उनले माओवादी पार्टी समाप्तीको अन्तिम चरणमा आएको भन्दै आफ्नो सांसद कहाँ कहाँ जित्न सक्छ त्यहाँ मात्र बजेट खनाएको आरोप पनि लगाएका छन् ।

उनले भने, ‘किनकि माओवादी पार्टी समाप्त हुने अन्तिम चरणमा छ । यस्तो अवस्थामा आफूले कहाँ कहाँ जित्न सकिन्छ, त्यहाँ मात्र बजेट खन्याइएको छ । हामी जस्तो सांसदलाई उहाँहरुले देख्नुहुन्न, चिन्नुहुन्न । किनभने मैले अझैसम्म अर्थमन्त्रीको चाकडी गरेको छैन् ।’

प्रकाशित : ३ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह