Logo

बैंक / बिमा /शेयर

बेष्ट फाइनान्सको संस्थापक सेयर लिलामीमा आउँदै


GDP नेपाल
   ४ असार २०८१, सोमबार


काठमाडौँ । बेस्ट फाइनान्सले संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । फाइनान्सले असार ४ गते देखि ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो ।

आवेदकले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

यसमा कम्पनीका अन्य संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असार ११ गतेसम्म आवेदन दिन सम्नेछन् ।

लगानीकर्ताले बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा तथा यसका शाखा कार्यालयहरु मिलन चोक, बुटवल, नेपालगञ्ज, इटहरी, नारायणघाट, घोराही, चितवन, विरगंज र पोखराबाट आवेदन दिन सक्नेछन् ।

यस्तै, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय सुर्खेत र धनगढीबाट पनि बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित : ४ असार २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह