Logo

बैंक / बिमा /शेयर

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा


GDP नेपाल
   ५ असार २०८१, मंगलबार


काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ ।

एनआइसी एसिया बैंकले सूर्यज्योतिमा रहेको आफ्नो स्वामित्वको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा असार ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सक्नेछन् ।

प्रकाशित : ५ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह